सातामै १४५ दशमलव ५९ अंकले घट्यो नेप्से

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १७, २०७८      0

यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहीबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७ सय ३१.७८ बिन्दुमा रहेको थियो ।

गत बिहीबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।

यो सातामा सेयर बजार नेप्सेमा दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार भएको छ । यसरी सेयर कारोबार भएको ५ दिनमा १९ अर्ब ८८ करोड ७८ लाख ९ हजार बराबरको कारोबार भएको छ ।
पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले बुधबारबाहेक अन्य सबै बार निरन्तर गिरावट आएको छ।

सेयर लगानीकर्ता मौद्रिक नीतिको समीक्षामा ४-१२ करोड सेयर धितोकर्जाको सीमा परिवर्तन हुने आशामा थिए। तर, मौद्रिक नीतिको समीक्षाले ४-१२ करोडको सीमा परिवर्तन गरेन । यसको प्रभाव आइतबारदेखि सेयर बजारमा पर्‍यो ।

मौद्रिक नीतिको प्रभावले आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६ सय ५१.४९ बिन्दुमा झरेको थियो । उक्त दिन ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यस्तै, सोमबारको सूचक २१.५१ अंकले घटेर परिसूचक २६ सय २९.९८ झरेर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार १.६४ अंकले घटेर २६ सय २८.३७ अंकमा बन्द भएको थियो भने यस दिन ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार भने नेप्सेमा सामान्य सुधार भएको थियो। सूचक ५.२८ अंकले बढेर परिसूचक २६ सय ३३.६५ अंकमा पुगेको थियो । यसदिन अन्य दिनको तुलनामा कारोबार रकम घटेर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको मात्रै कारोबार भएको थियो ।

सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५ सय ८४.६१ बिन्दुमा रोकिएको छ । बिहीबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको सेयर किनबेच भएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *