निर्माण व्यवसायीलाई मन्त्री झाँक्रीको सुझाव, साना व्यवसायीलाई पनि समेट्नुस्

 ग्लोवल टि.भी.      बुधबार, मंसिर २२, २०७८      0

काठमाडौँ शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले साना व्यवसायीलाई पनि समेटेर अघि बढ्न नेपाल निर्माण व्यवसायी महासंघलाई सुझाव दिएकी छिन् ।

१४ औँ निर्माण दिवस २०७८ को प्रभातफेरीमा सहभागी हुँदै मन्त्री झाँक्रीले साना व्यवसायीलाई पनि अवसर दिएर अघि बढाउन आग्रह गरेकी हुन् ।

‘साना व्यवसायीलाई व्यवसायमा समस्या भए मर्ज गरेर अघि बढ्नुस्’, उनले भनिन्, ‘त्यसो भए व्यवसाय गर्न सजिलो हुन्छ ।’ मन्त्री झाँक्रीले नेपालका निर्माण कम्पनीको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा व्यवसायीले आफ्नो क्षेत्रका समस्या सम्बोधन गरिदिन मन्त्री झाँक्रीसँग आग्रह गरे ।

दशरथ रंगशालाबाट उद्घाटन गरिएको कार्यक्रम निर्माण व्यवसायीको कार्यालयमा आएर रक्तदान गरी समापन गरिएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *