उखु किसानको रकम एक महिनाभित्र भुक्तानी गर्न सर्वोच्चको आदेश

 ग्लोबल टिभि      शुक्रबार, पुस १७, २०७७      0
asfafasfsaf saf

सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र उखु खरिद गरेको रकम भुक्तानी गराउन सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो ।अधिवक्ता पुण्यप्रसाद खतिवडा लगायतले पुष १२ मा दायर गरेको रिटउपर आएको आदेशमा कृषिप्रधान देशमा कृषकले भोगेको समस्या र सामाजिक न्यायसँग प्रत्यक्ष सरोकार राख्ने विषय रहेको बताइएको छ । किसानले आफूले बिक्रि गरेको सामानको मूल्य नपाएको विषय संविधानको मौलिक हकसँग जोडिएको सर्वोच्चको ठहर छ ।

आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्व स्वीकार्य सिद्धान्त रहेको भन्दै सर्वोच्चले भनेको छ, ‘उखु उत्पादन गर्ने किसानले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै काठमाडौंसम्म भुक्तानी प्राप्तिका लागि वर्षौंपिच्छे हारगुहार र धर्ना गर्नुपर्ने स्थिति आफैमा अन्यायपूर्ण मात्र नभएर लोक कल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकाले आजको मितिले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट किसानहरूलाई भुक्तानी दिनू, दिलाउनू ।’

उखु किसानहरूसँग पुष १३ मा सरकारले २१ दिनभित्र भुक्तानी रकम दिलाउनेगरी सम्झौता गरेको थियो । किसानहरू आफूले बेचेको उखुको मूल्य पाउनुपर्ने भन्दै मंसिर २८ देखि राजधानी आएर आन्दोलन गरिरहेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *