सुनको मूल्य प्रतितोला ४ सयले वृदि

 ग्लोवल टि.भी.      शुक्रबार, पुस १७, २०७७      0

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेको छ। छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ४०० रुपैयाँ उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सो सुन बिहीबार तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो। चाँदीको मूल्य भने आज पनि स्थिर छचाँदी तोलामा एक हजार ३०० रुपैयाँमा कारोवार भएको छ। (रासस

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *