सुनको मुल्य प्रतितोला ११ सयले वृद्धि

 ग्लोवल टि.भी.      मङ्लबार, पुस २१, २०७७      0

स्थानीय बजारमा मंगलबार सुनको मुल्य प्रतितोला १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ ।

छापावाला सुन आज प्रतितोला ९६ हजार ४सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा सोमबार कारोबार भएको थियो ।

यस्तै, चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा सोमबार कारोबार भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *