नेपालको निर्यात बढाउन महासंघले सकारात्मक भूमिका खेल्ने :उपाध्यक्ष ढकाल

 ग्लोबल टिभि      बुधबार, पुस २२, २०७७      0

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निर्यात बढाउन महासंघले सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

पाँचौ निर्यात दिवस–२०७७ का अवसरमा नेपाल निर्यात परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले नेपालको निर्यात सन्तोषजनक नरहेको अवस्थामा निर्यात बढाउन आवश्यक भूमिका खेल्ने बताएका हुन् ।

कोरोनाका कारण कतिपय अवसर गुमेको र कतिपय क्षेत्रमा अवसर पनि प्राप्त भएको भन्दै उहाले अव व्यवसायको क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे ।

उनले नेपालको ह्यान्डीक्राफ्टलाई बढि भन्दा बढि निर्यात गर्नका लागि सरकारले उचित वातावरण बनाउनुपर्ने धारणा राखेका छन् ।

निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार भन्ने नाराका साथ पाँर्चौ निर्यात दिवस मनाइएको हो । चालू आर्थिक बर्षको कातिर्कसम्म नेपालको आयात ४ खर्व २ अर्व ४९ करोड र निकासी ४० अर्व २० करोड रहेको परिषद्ले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *