सुनको मुल्ले प्रतीतोला १३ सयले गिरावट

 ग्लोबल टिभि           0

अघिल्ला दिन बढेको सुनको भाउमा एकै दिन १३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) का लागि छापावाला सुनको भाउ तोलाको ९५ हजार चार सय रुपैयाँ कायम गरेको छ ।

बुधबार तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने एकै दिन तोलामा ११ सयले बढेको सुनको भाउ बुधबार पनि तोलामा तीन सय रुपैयाँले बढेको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९४ हजार ९ सयमा आइपुगेको छ । बुधबार तोलाको ९६ हजार दुई सय थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ३० मा झरेको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *