शेयर बजारमा ५४ अंकको सुधार

 ग्लोबल टिभि           0

पुस २९
साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ ।
शेयर कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका १ करोड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *