रेमिटेन्स आप्रवाहमा गिरावट,पाँच महिनामा तीन खर्ब ८८ अर्ब रेमिटेन्स भित्रियो

 ग्लोबल टिभि           0

प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण रेमिटेन्स आप्रवाहमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा रेमिटेन्स आप्रवाह ६.८ प्रतिशतले घटेको छ ।

उक्त अवधिमा कुल तीन खर्ब ८८ अर्ब ५८ करोड रूपैयाँ बराबरको रेमिटेन्स आप्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ११.० प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६।४ प्रतिशतले बढेको थियो। उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *