नेपालको भुक्तानी सन्तुलन झण्डै २ खर्ब घाटामा

 ग्लोबल टिभि           0

पुस ३०
नेपालको भुक्तानी सन्तुलन झण्डै २ खर्ब घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मुलुकको वित्तिय स्थितीअनुसार सोधनान्तर स्थिती १ खर्ब ९५ अर्ब रुपैयाले घाटामा गएको हो । नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर अर्थात् सोधनान्तर स्थिती एक खर्ब ६ अर्ब बचतमा थियो । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार व्यापारघाटा समेत चुलिएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ७ खर्ब बढि व्यापारघाटा भएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिट्यान्स समेत घटेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ३ खर्ब ८८ अर्ब बढि रकम मात्रै नेपाल आएको छ । त्यस्तै वैदेशिक मुद्रा सञ्चिती समेत घटेको छ । पाँच महिनामा १ खर्ब ८५ अर्ब रुपैया वैदेशिक मुद्राको सञ्चिती घटेको छ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *