सुनको मुल्य प्रतीतोला २ हजार ३ सयले गिरावट

 ग्लोबल टिभि      आइतवार, पुस २६, २०७७      0

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज एकैदिन प्रतीतोला २ हजार ३ सय रुपैयाँ घटेको छ ।

शुक्रबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *