ग्लोबल टिभि
0
माघ ९
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
प्रति तोलामा ३०० रुपैयाँले घटी ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको प्रति तोला ९३ हजार रुपैयाँ तोकिएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटी एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Post Views: 953
Leave a Reply