नेपालमा पहिलो पटक रोजगार मेला,३ हजार बढीले रोजगार पाउने अपेक्षा

 ग्लोबल टिभि           0

काठमाडौं । नेपाल जब फेयर २०२१ बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित जब फेयर सुरु भएको हो।

पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले समारोहबीच जब फेयर २०२१ को उद्घाटन गरका हुन् । नेकपा अध्यक्ष समेत रहेका नेपालले जब फेयर जागिर चाहने र रोजगारी दिन तयार रोजनगारदाताहरूका लागि उपयुक्त थलो बन्ने विश्वास व्यक्त गरे।

उनले भित्रैबाट मुलुकको विकासको चाहना राख्ने हो भने विकास असम्भव नरहेको भन्दै नेपालले बाहिर बसेर चाहना राख्दैमा केही नहुने बताए । सरकारप्रति लक्षित गर्दै उनले भने, ‘ताप्केको बिड तातेर केही हुँदैन, माछा पाक्न ताप्के नै तात्नुपर्छ ।

जब फेयरमा एक सयभन्दा बढी रोजगारदाताको सहभागीता रहेको छ । जब फेयर अवधिभर १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन हुने बताइएको छ । जसबाट ३ हजारभन्दा बढीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गरेको नेपाल जब फेयरका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले बताए । उनले भने, ‘जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरूले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्न‘हुनेछ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *