सुनको मुल्य प्रतितोला ४ सयले वृद्वि

 ग्लोवल टि.भी.      मङ्लबार, माघ ६, २०७७      0

स्थिानिय बजारमा सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको छ । सोमबार ९१ हजार ६ सयमा कारोबार भएको छापावल सुनको भाउ आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । सोमबार ९१ हजार चार सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १२ सय ४५ रुपैयाँ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *