अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन १२, २०७८      0

 फागुन १२
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको छ । 

बिहीबार प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ । अघिल्लो दिनको तुलनामा तेलको मूल्य साढे ५ प्रतिशतले बढेर १०२ डलर कायम भएको छ । रुसले युक्रेनमा सैन्य कारबाही तथा क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकासँग रुसको  विवाद चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य  महँगिएको हो । 

युक्रेन माथिको आक्रमणलाई लिएर रुसमाथि अरु राष्ट्रले प्रतिबन्ध लगाएमा तेलको आपूर्तिमा ठूलो गिरावट आउन जान्छ, यसले मूल्य बढ्न जान्छ । एक महिनाअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ८६ अमेरिकी डलर हाराहारीमा थियो भने एक वर्षअघि ६६ डलर हाराहारीमा थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *