ग्लोबल टिभि
0
नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ ।
प्रतितोला ९२ हजार ५ सय मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलामा १५ रूपैयाँले बढेको छ । तोलाको एक हजार २६० रूपैयाँमा बुधबार कारोबार भएको चाँदी आज भने एक हजार २७५ रूपैयाँ निर्धारण भएको छ ।
Post Views: 1,013
Leave a Reply