त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घन्टा मात्रै खुल्ने

 ग्लोबल टिभि           0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसनको समय घटाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी गरेको छ। कोभिडका कारण बन्द उडान खुलेको ५ महिना हुँदा पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको भन्दै प्राधिकरणले विमानस्थल सञ्चालनको समय घटाउने तयारी गरेको हो ।

६ बजेबाट खुल्ने विमानस्थल राती ३ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब प्राधिकरणले राति १२ बजेसम्म मात्रै खोल्ने तयारी गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल सञ्चालनको समय घटाउने विषयमा छलफल भइरहेको र निर्णय भने भई नसकेको जानकारी दिएका छन्।

प्राधिकरणले अहिले सञ्चालनको समय घटाएर पुनः उडान चाप बढेपछि समय थप गर्नेगरी १८ घण्टा मात्रै सञ्चालन गर्ने तयारी गरेको पोखरेल बताए

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *