मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा : चिरञ्जीवी नेपाल

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन २४, २०७८      0
Photo: Balkrishna Thapa Chhetri/ THT

फागुन २४
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डाक्टर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताए ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व गभर्नर नेपालले विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा अर्थतन्त्र थप चुनौतीपूर्ण देखिएको बताए । उनले चालु आर्थिक वर्षको सुरुवात देखि रेमिट्यान्स लगातार घट्दा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेको तर्क गरे । नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको उनको दाबी छ ।

पूर्वगभर्नर नेपालले रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ र खानेतेलको मूल्य अझै बढ्ने बताए । उनले समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिए । सरकारले इन्धनमा लगाउँदै आएको कर घटाउनु पर्ने उनको भनाइ छ ।

पूर्वगभर्नर नेपालले नेपालमा अति सामान्य वस्तु पनि विदेशबाट आयात गर्नुपर्दा विदेशी मुद्रा सञ्चिति घटेको बताए । उनले डलर आउने स्रोत रेमिटेन्स ५ महिना देखि कम हुँदै गएकाले थप समस्या आउने आँकलन गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *