फागुन २६
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेर एक लाख दुई हजार रुपैयाँमा आएको छ।
बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ तोकिएको छ।
यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर एक हजार ४०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ।
Leave a Reply