बिकास रौनियार,धादिङ । ज्योति लाइफ इन्सोरेन्स कम्पनी लि.ले सचेतनामूलक कार्यक्रम सपन्न गरेको छ । गजुरी स्थित आदर्श बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको ज्योतिलाइफ इन्सोरेन्स क. लि. का तालिम विभाग प्रमुख उत्तम आचार्य र क्षेत्रीय प्रबन्धक जयराम ढुङ्गानाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा बिमाको आवश्यकता, महत्व तथा रोजगारीको सम्भावनाको विषयमा केन्द्रीत हुनको साथै ज्योति लाइफले दिने सेवा सुविधाको बारेमा जानकारी गराइएको थियो । ज्योति लाइफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक घातक रोगको सुविधा प्रदान गरेको र हाल नेपाल कै पहिलो सर्वाधिक घातक रोग विरुद्ध औषधी उपचार खर्च प्रदान गर्ने कम्पनी भएको समेत उल्लेख गर्नुभयो । हाल ज्योतिलाइफले ३५ वटा घातक रोगको ५० लाख सम्म सेवा सुविधा प्रदान गर्दै आएको छ । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी तथा कम्पनीका अभिकर्ताहरूको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थितहरूले बिमा सम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी भई बिमाको बारेमा थप जानकारी पाएकोमा खुसी प्रकट गरे भने उक्त कर्यक्रमलाई सफल पार्न स्थानीय संस्था गजुरी रुद्रेश्वर आमा समूहको भूमिका महत्वपूर्ण रहेको कुरा क्षेत्रीय प्रबन्धक ढुङ्गानाले बताउनु भयो ।
Leave a Reply