सुनको मूल्य प्रतितोला ४०० ले वृद्धि

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १३, २०७७      0

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको छ।

छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४ सयमा कारोवार भएको सुन आज ९२ हजार ८०० पुगेको छ ।

यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९ सयमा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *