४४.५६ प्रतिशतले घट्यो नेप्से

 ग्लोबल टिभि      सोमवार, चैत्र २८, २०७८      0

काठमाडौं । आज (सोमबार)सेयर बजार परिसूचक ४४.५६ अंकले घटेर २,४१९.८० पुगेको छ।

दिनभर जम्मा २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ सेयर किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ १४ पैसाको कारोबार भएको छ ।

कारोबार भएका कुल कम्पनीमध्ये १७६ कम्पनीको मूल्य घटेको छ भने जम्मा १७ कम्पनीको मूल्य बढेको छ। बाँकी २ कम्पनीको मूल्य स्थिर छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ । यीबाहेक अन्य संस्थाको सेयर भने ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ १० पैसाको कारोबार भएको हो ।

यसपछि, निफ्राको ७ करोड २१ लाख २० हजार १५८ रुपैयाँ, नबिल बैंकको ६ करोड ९२ लाख ८७ हजार ३२ रुपैयाँ, एनआइसी एसिया बैंकको ६ करोड ८६ लाख ८८ हजार ४१९ रुपैयाँ, र हिमालयन डिस्टिलरी लिमिटेडको ६ करोड ७८ लाख ६१ हजार ५९६ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *