नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत

 ग्लोवल टि.भी.      शनिबार, माघ १७, २०७७      0

नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो ।

यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।

जाडो मौसमका कारण अहिले साँझको सयममा बिजुलीको उच्च माग छ । त्यसलाई धान्न कठीन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *