ग्लोबल टिभि
0
नेपाली बजारमा सुनको मूल्य प्रतीतोला ६ सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारका लागि छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितेला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले सस्तो भएको छ । मंगलबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधकार १३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Post Views: 1,111
Leave a Reply