शेयर बजार दोहोरो अङ्कले बढ्यो

 ग्लोबल टिभि           0

जेठ ११– शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि दोहोरो अङ्कले बढेको छ ।

मङ्गलवार १६ अङ्कले बढेको नेप्से आज १४ दशमलव ३७ अङ्कले बढेर दुई हजार दुई सय ३१ दशमलव ५७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ ।

दुई सय २६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको आठ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि कर्पाेरेट विकास बैंक शेयर सबैभन्दा धेरै सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *