दिगो विकास लक्ष्य प्राप्तिका लागि तिनै सरकारको संयुक्त प्रयास हुनुपर्छ : डा.कँडेल

 ग्लोबल टिभि           0

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तिनै सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन्। आइतबार दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्य  स्थानीयकरण स्रोत पुस्तिका २०२० सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. कँडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ, प्रदेश र स्थानीय तिनै सरकारको संयुक्त प्रयास रहनुपर्ने बताएका हुन्।

दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ सरकारले नीति दिने, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानिय सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । विशेषगरी स्थानिय सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिको लागि प्रतिबद्धता साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने बताएका छन्।

उपाध्यक्ष कँडेलले नेपालको सामाजिक सूचक माथि गइसकेकोले देशलाई अल्पविकसित देशबाट विकासशील देश तर्फ जानुपर्ने आवश्यकता रहेको बताए । त्यसनिम्ति प्रतिस्पर्धी क्षमतालाई विकास गर्नुपर्ने उनको भनाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *