सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले दिए राजीनामा

 ग्लोबल टिभि      मङ्लबार, माघ २७, २०७७      0

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् ।

उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र बैंकमा भएको छलफल पछि मत्थर देखिएको बिवाद भित्रभित्रै भने रहिरहेको थियो ।यस्तै अवस्थामा सीईओ शर्माले राजीनामा बुझाएका हुन् । सीईओ शर्मा ४ वर्षका लागि नियुक्त भएका थिए । २ वर्ष कार्यकाल अझै बाँकी रहेका कारण उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *