सुनको मूल्य वृद्धि

 ग्लोवल टि.भी.      बिहिबार, असार ९, २०७९      0

असार ९-सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिनयता चाँदीको मूल्य घट्दो क्रममा छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.