सुर्य कुमार बाराल तथा राधा गुरुङको २५ औ वैवाहिक वर्ष गाँठको अवसरमा शुभगुरु फाउण्डेशनले सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सीप विकासमा योगदान गर्ने भएको छ ।
फाउण्डेशनको आज काठमाडौमा भएको कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सीप विकास र सम्मान गर्न फाउण्डेशन स्थापना हुनु सुनचाँदी क्षेत्रका लागि नै महत्वपूर्ण भएको बताए।
अन्तर्राष्ट्रिय स्तरको सुनचाँदीका गरगहना बनाउने सीप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने उद्देश्य फाउन्डेशनको रहेको छ । शुभगुरु सुनचाँदी गृहका सञ्चालकहरू सूर्य बराल र राधा गुरुङले वैबाहिक वर्ष गाँठको अवसरमा फाउण्डेशन स्थापना गरेका हुन् ।
समाजसेवी तथा फाउण्डेशनका संयोजक सुर्य बरालले सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढ र व्यवसायीको ज्ञान, सीप, कला र विद्वताको सम्मान गर्दै सुनचाँदी व्यवसाय क्षेत्रको बृहत्तर विकास, सम्वर्धन र संरक्षण गर्ननै फाउण्डेशनको उद्देश्य रहकोमा जोड दिए ।
फाउण्डेशनले कालिगढको सीप विकासका लागि १० लाख २५ हजार २५ रुपैयाँको अक्षयकोषसमेत खडा गरेको छ ।
Leave a Reply