दोस्रो बजारमा कारोबार सुरु भएको ५ दिनमै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को बजार पूँजीकरण एक खर्ब नजिक पुगेको छ । निफ्रा आईतबार देखि दोस्रो बजारमा कारोबारमा आएको थियो । बुधबार बजार बन्द हुँदा सम्म निफ्राको बजार पुँजीकरण ९० अर्ब ४० करोड पुगेको छ ।
सेयर बजारको सबैभन्दा कान्छो कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक छोटो समयमै एक खर्ब रुपैयाँ बजार पुँजीकरण भएका सीमित कम्पनीहरुको क्लवमा पुग्ने कान्छो कम्पनी बन्ने भएको छ।
बुधबार ४५ रुपैयाँ सेयर मूल्य बढेर प्रतिकित्ता ४९७ रुपैयाँ पुगेसँगै बैंकको बजार पुँजीकरण ९० अर्ब ४० करोड रुपैयाँ पुगेको हो । बिहीबार बैंकको सेयर मूल्य ३ रुपैयाँ मात्रै बढ्नेबित्तिकै पुनर्बीमा कम्पनीले पाँच महिना लगाएर बनाएको एक खर्ब पुँजीकरणको रेकर्ड निफ्राले ५ दिनमै तोड्ने भएको छ ।
यसअघि नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, ग्लोबल आइएमई बैंक र एनआइसी एसिया बैंक मात्रै एक खर्ब रुपैयाँभन्दा बढी बजार पुँजीकरण भएका कम्पनीहरुको क्लवमा पुगेका छन्।
Leave a Reply