दिनभर उदारचढाव रहेको शेयर बजार परिसूचक नेप्से करिब १० अंकले बृद्धि भएर बुधबारको कारोबार बन्द भएको छ । २०३ कम्पनीको एक करोड ७६ लाख ८८ हजार कित्ता शेयरका खरिद विक्रि हुँदा ८ अर्ब तीन करोड ५५ लाख रुपैयाँ बारबरको कारोबार भएको छ ।
बैंकिङ्ग, ब्यापार, विकास बैंक लगायतका कम्पनीहरुको शेयर मुल्य उकालो लाग्दा बजार उकालो लागेको हो । त्यस्तै अन्य समुह जलविद्युत, जीवन बिमा र निजीवन बिमा, फाईनान्स र माईक्रोफाईनान्स कम्पनीहरुको शेयर मुल्य घटेको छ ।
दिनभर कारोबार भएका कम्पनीहरुमा सबै भन्दाबढि नेपाल इन्फ्रास्ट्रचर बैंकका शेयर धनीले ९.९७ प्रतिशतले कमाएका छन भने कर्पोरेट डेभलपमेन्ट बैंकका शेयर धनीले ९.८९, प्रतिशतले कमाएका छन् । त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको ९.८३ प्रतिशत र सिद्धार्थ फाईनान्सिएल कम्पनीका शेयर धनीले ९.५० प्रतिशतले कमाएका छन् । त्यस्तै सबै भन्दा बढि गुमाउनेमा सनराईन फस्ट म्युच्युअल कम्पनीका शेउर धनीले सबैभन्दा बढि ४ प्रतिशतले गुमाएका छन् ।
Leave a Reply