साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकले बृद्धि

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन ६, २०७७      0

साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बृद्धि भएको छ । अन्तिम दिन २०६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार कित्ता शेयर खरिद विक्रि बाट ८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

वाणिज्य बैंक, विकास बैंक र व्यापार समुहमा उछाल आएपछि साताको अन्तिम दिन नेप्स २५.२३ अंकले बृद्धि भएर बन्द भएको छ । दिनभर कारोबार भएका कम्पनीहरुमा सबैभन्दा बढि नेपाल जलविद्युत कम्पनीका शेयर धनीले १० प्रतिशतले कमाएका छन् । त्यस्तै कर्णाली विकास बैंकका शेयर धनीले ९.४९ प्रतिशतले कमाएका छन् । भने सबैभन्दा बढि गुमाउनेमा मिरमिरे लघुवित्तीय संस्थाका शेयर धनीले ४.९१ प्रतिशतले गुमाएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *