व्यवसायीलाई कर तिर्न हौसाउँदै सरकारी निकाय

 ग्लोबल टिभि      शनिबार, फाल्गुन १५, २०७७      0

डम्बर चौलागाँई, दोलखा । उद्योगी व्यवसायीलाई कर भुक्तानीमा सहज वातावरण सिर्जना गराउने र विद्यमान जटिलतालाई न्युन गर्ने लक्ष्य सहित दोलखाको चरिकोटमा कर सम्बन्धि कार्यक्रम गरिएको छ ।
व्यापार व्यवसायको प्रबद्र्धन तथा प्रोत्साहन गरि स्वःस्फूर्त रुपमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क लगायतका कर राजश्व बुझाउने वातावरण सिर्जना गर्नु नै कार्यक्रमको मूख्य ध्येय रहेको कर सेवा कार्यलय चरिकोटका कर प्रमुख देवानन्द काफ्लेले बताए । कार्यक्रम दोलखा उद्योग बाणिज्य संघको सहकार्यमा कर सेवा कार्यालय चरिकोटले आयोजना गरेको हो ।

व्यवसायीलाई कुनै दवावबिना सहज र सरल तरिकाबाट कर राजश्व भुक्तानी गर्न प्रोत्साहन गर्ने कार्यक्रमको उदेश्य रहेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।
कर अधिकृत काफ्लेले व्यवसायीले कुनै सामान खरिदमा बिलविजक प्रयोग नगरी कारोबार गरेको पाइए कर ऐन बमोजिम कारवाही गर्ने चेतावनी दिए । तर,व्यवसायीहरुले भने सामान खरिदमा होलसेलरहरूले नै खरिद विल विजक स्पष्टरुपमा नदिँदा बिक्रीमा समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *