नेप्सेले आजदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने

 ग्लोबल टिभि      आइतवार, फाल्गुन १६, २०७७      0

नेप्सेले आइतबारदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने भएको छ । नेप्सेको व्यवस्थापनको फागुन ७ गतेको निर्णय अनुसार फागुन १६ गतेदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीको समूह विभाजनमा हेरभेर तथा नयाँ समूहको व्यवस्था गरेको नेप्सेले जनाएको छ ।

यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समुह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ । आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।

लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडलाई राखिएको छ ।

यसका साथै, होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स लिमिटेड थपिएको छ र यसअघि होटल समूहमा रहेका ओरियण्टल होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल तथा पर्यटन समूह अन्तर्गत रहेर कारोबार हुने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *