सेयर बजारमा गिरावट, नेप्से ८० अंकले घट्यो

 ग्लोबल टिभि           0

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।

आइतबार नेप्से ७९.७४ अंकले घटेर २४७४.३९ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स्मा पनि उच्च गिरावट आएको छ ।

आज सेयर बजारमा २०७ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ९६ हजार १५१ कारोबारबाट ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक सकारात्मक रहेको छ । बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

चन्द्रागिरी हिल्स् लिमिटेड, सिटिजन म्युचल फण्ड टु तथा शिखर इन्सुरेन्स कंपनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने गणपति माइक्रोफाइनान्स् वित्तीय संस्था लिमिटेड, नेपाल फाइनान्स तथा नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका सेयरधनी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *