सुधारियो सेयर बजार, नेप्से ४० अंकले बढ्यो

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १७, २०७७      0

आइतबार ८० अंकले घटेको सेयर बजार सोमबार भने सुधारिएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स् पनि ६.४७ विन्दुले बढेको छ ।

सोमबार सेयर बजारमा २०९ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर ७० हजार ३३९ कारोबारबाट ५ अर्ब ६९ करोड २३ लाख १६ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत सबै समूहका परिसूचक उकालो लागेका छन् । सबैभन्दा धेरै जिवन बीमा समूहको परिसूचक ३५९.१७ अंकले बढेको छ ।

चन्द्रागिरी हिल्स्, कर्पोरेट डेभलपमेन्ट बैंक तथा बरुण हाइड्रोपावर कंपनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सिटिजन म्युचल फण्ड टु, ११% एनआइसी एसिया डिवेन्चर तथा लक्ष्मी उन्नती कोषका सेयरधनी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *