पेट्रोलियम पदार्थको मूल्य वृद्वि

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन १८, २०७७      0

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको ११६ रूपैयाँ, अनि डिजेल र मट्टितेल लिटरको ९९ रूपैयाँ पुगेको छ । यस्तै निगमले हवाई इन्धनको पनि भाउ बढाएको छ । निगमले आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरेको छ ।

यस्तै अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।खाना पकाउने एलपी ग्यासको भने मूल्य नबढाएको निगमले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *