तोलामा सत्र सय रुपैयाँले घट्यो सुन, चाँदीको भाउमा पनि गिरावट

 ग्लोबल टिभि           0

मंगलबार सुन तथा चाँदीको मुल्यमा उच्च गिरावट आएको छ । सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदीको भाउ पनि घटेको छ ।सोमबार प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७२६ डलर तथा चाँदीको मुल्य २६.६१ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *