साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ६० अंकको गिरावट आएको छ ।
साताको पहिलो दिन आइतबार ८० अंकले घटेको बजारमा सोमबार सुधारिँदै ४० अंकले उकालो लागेको थियो ।
मंगलबार नेप्से ५९.७० अंकले घटेर २०५५.३३ विन्दुमा कायम भएको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ९.८० अंकले ओरालो लागेको छ ।
मंगलबार कुल २०८ कम्पनीका १ करोड ३१ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर ६४ हजार ७ सय ८७ कारोबारबाट ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँमा किनबेच भएको छ । बजार घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा बढी हो ।
समूहगत परिसूचक अन्तरगत व्यापार र होटेल समूहका परिसूचक बाहेक अरु सबै समूहका परिसूचक आरालो लागेका छन् । सबैभन्दा बढी जिवन बीमा समूहको परिसूचक ५१९.६७ विन्दुले घटेको छ ।
दिनभर कारोबार भएका कम्पनीहरुका एसियन लाईफ कम्पनीको सबै भन्दा बढी २८ करोड २६ लाख ९६ हजार भन्दा बढीको सेयर कारोबार भएको छ ।
Leave a Reply