चैत १२ देखि गजुरी महोत्सव हुने

 ग्लोबल टिभि           0

विकास रौनियार,धादिङ । धादिङको गजुरी बजारमा चैत्र १२ गते देखि २४ सम्म महोत्सव गरिने भएको छ । आयोजक साना तथा मझौला व्यवसायी महासंघ धादिङले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।

महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरिने
महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले जानकारी दिए । महोत्सवबाट प्राप्त आम्दानी स्थानीय सरकारको साझेदारीमा सामाजिक कार्यमा लगानी गरिने पनि आयोजकले स्पष्ट पारेको छ ।

स्थानीय उत्पादन प्रदर्शनीको अलवा महोत्सवका अवसरमा हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्जन, कृषि प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम पनि देखाइने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *