नेप्सेमा गिरावट कायमै, कारोबार रकममा भने सुधार

 ग्लोबल टिभि           0

सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि गिरावट आएको छ । नेप्से ३९.२३ अंकले घटेर २४१६ विन्दुमा कायम भएको हो । बुधबार सेयर बजारमा २ सय १२ कंपनीका सेयर कारोबार भएका छन् ।
कुल १ करोड १३ लाख ९२ हजार ११५ कित्ता सेयर ६३ हजार ६ सय ७४ कारोबारबाट ६ अर्ब २५ करोड ४८ लाख ९ हजार रुपैयाँमा किनबेच भएको हो ।

कारोबार रकम भने मंगलबारको तुलनामा बढी हो । मंगलबार ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएको थियो ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचक अन्तरगत व्यापार तथा होटेल र पर्यटन समूहका परिसूचक सकारात्मक रहेका छन् । बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको प्रोमोटर सेयर, चन्द्रागिरी हिल्स तथा साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एशियन लाईफ इन्सुरेन्स, बरुण हाइड्रोपावर कंपनी तथा नेपाल दुरसंचार कंपनीका सेयरधनी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *