सुनको भाउ यस वर्षकै सस्तो

 ग्लोबल टिभि           0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको भाउ विहीबार यस वर्षकै सस्तो भएको छ । बैशाखयता सुनको भाउ लगातारजसो बढेर भदौ पहिलो साता प्रतितोला १ लाख ४ सय रुपैयाँसम्म कारोबार भएको थियो ।

त्यसयता ९० हजारकै हाराहारीमा कारोबार भइरहेकोमा फागुन दोस्रो साताबाट गिरावट आउन थालेको हो । फागुन २० गते विहीबार सुन यस वर्षकै न्युन मुल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन प्रतितोला हजार रुपैयाँले घटेर विहीबार ८६ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

विहीबार अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७१२ डलर तथा चाँदीको मुल्य २६.०८ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *