सरकारी टोलीद्वारा अरुण तेस्रो जलविद्युत परियोजनाको निरीक्षण

 ग्लोबल टिभि           0

लगानी बोर्डको पहलमा सरकारी उच्च अधिकारीको टोलीले संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत  परियोजनाको निरीक्षण गरेको छ ।

गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, उर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट सम्मिलित टोलीले बुधबार परियोजनाको निरीक्षण गरेको हो । निरीक्षणको क्रममा टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याहरुबारे स्थानीय सरोकारवालासँग छलफल गरेको थियो ।

त्यस्तै, टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग पनि छलफल गरेको थियो ।

सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडेलमा कार्यान्वयन भइरहेको ९ सय मेगावाट क्षमताको परियोजना निर्माणको ४० प्रतिशत काम सम्पन्न भएको छ ।
परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा डेढ बर्ष अघि नै परियोजना निर्माण सम्पन्न गर्ने जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *