सुनको आपूर्ति बढाउन व्यवसायीको माग, सकारात्मक रहेको मन्त्रीको जवाफ

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २१, २०७७      0

आपूर्तिको तुलनामा बजारमा सुनको माग बढेपछि सोही हनुरुप कोटा बढाउन सरकारसंग व्यवसायीले माग गरेका छन् । विहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको टोलीले भेटेर कोटा बढाउन आग्रह गरेका हुन् ।

सरकारले लक डाउनको समयमा कच्चा सुनको आयातलाई घटाएर दैनिक १० किलोमा सिमित गरेको थियो । त्यसअघि सामान्य अवस्थामा दैनिक २० किलो र लगनको अवस्थामा २५ किलोसम्म कचचा सुन आयात भइरहेको थियो ।

लक डाउनपछि बजारमा दैनिक सुनको माग ३० किलोसम्म हुने गरेको छ । तर, आयात १० किलोमात्रै भएकोले बजार माग धान्न समस्या भएको व्यवसायीको भनाइ छ । यसले सुनको कालोबजारी बढाउनसक्नेतर्फ पनि उनीहरुले सरकारलाई सचेत गराएका छन् ।
मन्त्री भट्टले यसबारेमा आफु जानकार रहेको र समाधानको पहल थाल्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *