तोलामा नौ सय रुपैयाँले घट्यो सुन

 ग्लोबल टिभि           0

बुधबारबाट लगातार घटेको सुनको भाउले शुक्रबार पनि निरन्तरता पाएको छ । शुक्रबार सुनको भाउ प्रतितोला नौ सय रुपैयााले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । विहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउमा पनि गिरावट आएको छ । विहीबार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १६९६ डलर तथा चाँदीको मुल्य २५.४४ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *