ज्योति लाइफको सेयर खुल्यो, कति कित्ताका लागि दिने आवेदन

 ग्लोबल टिभि           0

ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयरका लागि आवेदन खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

सर्वसाधारणले भने यसबाट बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

ज्योतिको आईपीओमा न्युनतम १० देखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
पछिल्लो समय साधारण सेयरमा आवेदन दिनेको संख्या १५ लाखसम्म पुगेको छ । त्यसै आँकडालाई आधार मान्ने हो भने न्यूनतम अर्थात १० कित्तामात्र आवेदन गर्नु उचित हुने देखिन्छ । आइपीओका लागि फागुन २१ देखि २६ सम्म आवेदन दिन सकिने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *