कोरोना भाइरस नियन्त्रको लागि अपनाइएको माध्यम लक डाउनको बेला उचाइमा पुगेको सुनको भाउ लक डाउन खुलेसंगै घट्न थालेको छ । भदौ पहिलो साता उचाइमा पुगेको सुनको भाउमा त्यसयता क्रमिक रुपमा गिरावट आएको हो । सुनको भाउमा गिरावट आउनुमा राष्ट्रिय भन्दापनि अन्तराष्ट्रिय कारणलाई प्रमुख मानिएको छ ।
विश्वमा कोरोना भाइरसका कारण सुनमा थुप्रिएको लगानी लक डाउन खुकुलो हुँदै गएपछि अन्यत्र जान थालेपछि भाउमा चाप परेको हो । ठूला लगानीकर्ताले सुन बिक्रि गर्न थालेपछि विश्व बजारमा माग र आपूर्तिबीच असन्तुलन भई भाउमा चाप परेको विष्लेषण गरिएको छ । मागको तुलनामा आपूर्ति बढी हुँदा मुल्य घटेको हो । त्यसको अलवा अमेरिकी राष्ट्रपति जोन वाइडेनले चीन–अमेरिकाबीचको व्यापार युद्धलाई अन्त्य गर्न चाहेकोले पनि व्यापारीले सुनमा गरेको लगानी फिर्ता गर्न थाल्दा भाउमा दवाव पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको ठम्याइ छ ।
त्यसको असर नेपालमा पनि पर्दा लगातारजसो भाउमा गिरावट आएको हो । स्थानीय बजारमा शुक्रबार यस वर्षकै न्युन मुल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
Leave a Reply