विश्वव्यापी मन्दीको जोखिम बढ्दै : अन्तर्राष्ट्रिय मुद्रा कोष

 ग्लोबल टिभि           0

असोज २१ – अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको जनाएको छ । आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा रुसको आक्रमण र कोभिड महामारीका कारण उत्पन्न परिस्थितिका कारण अर्थतन्त्रको अवस्था राम्रो नभएको बताएकी हुन् ।

उनले आईएमएफले आफ्नो वर्तमान विकास दरको अनुमानलाई थप २।९ प्रतिशतमा घटाउने बताइन् । विकास दरको नयाँ अनुमान अर्को हप्ता जारी हुनेछ। जर्जिभाले अब विश्व अर्थतन्त्रलाई स्थिर बनाउन काम थाल्नुपर्ने बताइन् ।

उनले मुद्रास्फीतिजस्ता महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न पहल गर्नुपर्ने बताइन् । उनले वर्तमान नाजुक अवस्थालाई सामान्य रुपमा लिने गल्ती गर्न नहुने बताइन् । जर्जिभाले नीति निर्माताहरू एकजुट भएर काम गर्नुपर्ने बताइन् ताकि यो नाजुक अवस्था खतरनाक सामान्यमा परिणत नहोस्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *