सुनको भाउ तोलामा ६ सयले घट्यो

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन २५, २०७७      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउमा मंगलबार भने गिरावट आएको छ ।
सोमबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको भाउमा पनि गिरावट आएको छ ।

सोमबार प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १६८६ डलर तथा चाँदीको मुल्य २५.२८ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *