मन्त्रालयले गर्यो आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याउन सिफारिस

 ग्लोबल टिभि           0

असोज २८ –उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

ढुकुटीमा विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रायपछि मन्त्रालयले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको हो ।

अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात २९ मंसिर बिहीबारसम्म निरन्तर हुनेछ ।

‘आयात प्रतिबन्ध लम्ब्याउने निर्णय भएको छ,’ मन्त्रालय स्रोतले भन्यो,‘ सरकारले यसबारे आजै निर्णय गर्ने र आजै रापत्रमा सूचना प्रकाशित हुनेछ ।’

सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *